संविधानको मर्यादा पालना भएन’-नेता जीवन परियार

पोखरा, १५ साउन-नेपाली काँग्रेसका केन्द्रीय सदस्य जीवन परियारले वर्तमान सरकारले संविधानको मर्यादा पालना नगरेको आरोप लगाउनुभएको छ ।

जिल्ला पार्टीले आज आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उहाँले जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त संविधानको सम्मान गर्न सरकारलाई आग्रह गर्नुभयोे ।

नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीले बढ्दो महँगी नियन्त्रण गर्न सरकारलाई आग्रह गर्नुभयो । काँग्रेसका नेता एवं पूर्वमन्त्री यज्ञबहादुर थापाले लोकतन्त्र र संविधानको रक्षाका लागि काँग्रेस कसैसँग सम्झौता गर्दैन भन्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here