संघीय संसदलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भनिन्..अब कुनै पनि बहानामा द्वन्द्वमा जान हुदैन

काठमाडौँ, १५ चैत- राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुक स्थायित्व र समृद्धिको चरणमा प्रवेश गरेकाले अब कुनै पनि बहानामा द्वन्द्वमा जान नहुने बताउनुभएको छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै उहाँले सबै तहमा जनप्रतिनिधिमूलक संस्थाको निर्वाचनसँगै लोकतन्त्र र अग्रगमनका लागि उज्वल सम्भावना देखिएको उल्लेख गर्नुभयो ।  निर्वाचनपछि पहिलोपटक दुवै सदनको पहिलो ऐतिहासिक बैठकलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्नुभएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here