संघीय गठबन्धन रणनीतिक बनाउँदै

काठमाडौं, २५ बैशाख–मुलुकको पछिल्लो राजनीतिक वस्तुस्थितिका विषयमा छलफल सुरु गरेको संघीय गठबन्धनको बैठक आज दोस्रो दिनपनि बस्ने भएको छ ।

काठमाडौंको बिजुलीबजारस्थित तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीको मुख्यालयमा दिउँसो ३ बजे बस्ने बैठकमा समग्र राजनीतिक विषयमा छलफल हुने राष्ट्रिय जनता पार्टी नेपालका नेता केशव झाले जानकारी दिनुभयो ।

उहाका अनुसार बैठकमा संविधान संशोधन र स्थानीय तहको निर्वाचनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुनेछ ।

यसअघि हिजो बसेको गठबन्धनको बैठकमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवम् संयोजक उपेन्द्र यादवले आफूहरूलाई धोका दिएको भन्दै वक्ताहरूले आलोचना गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here