संक्रमित खुलेर बाहिर आउन सकेका छैनन् 

बैतडी, २९ मंसिर-एचआइभी संक्रमित अझै पनि खुलेर बाहिर आउन सकेका छैनन् । समाजमा हुने भेदभावले एचआइभी संक्रमित बाहिर आउन नसकेको यो क्षेत्रमा कार्यरत संघसंस्थाले बताएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा अहिलेसम्म २०९ जना एचआइभी संक्रमित छन् । तीमध्ये १०६ पुरुष र १०३ महिला छन् । संक्रमितमध्ये २७ जना १८ वर्ष मुनिका बालबालिका छन् । एक सय चार जना संक्रमितले मात्रै उपचारमा रहेका छन् ।

२०६४ सालदेखि अहिलेसम्म एचआइभी एड्सबाट ३१ जनाले ज्यान गइसकेको छन् । समाज हुने विभेदका कारण अझै पनि संक्रमित खुलेर बाहिर आउन नसकेकाले एचआइभी संक्रमितको संख्या अझै बढी हुन सक्ने अनुमान कार्यक्रम संयोजक पन्तले बताउनुभयो ।

जिल्ला अस्पतालमा एचआइभी सक्रंमितका लागि एआरटी सेन्टर भएकाले उनीहरु नियमित आएर औषधि सेवन गरिरहेको बताइएको छ ।

बैतडीमा अझै पनि एचआइभी संक्रमितलाई हेर्ने दृटिकोण नराम्रो रहेकाले उनीहरु लुकेर बस्न बाध्य हुने गरेका छन् । एचआइभी संक्रमित नराम्रो क्रियाकलापले मात्रै लाग्ने ग्रामीणस्तरका नागरिकका सोचले उनीहरुलाई हेर्ने दृष्टिकोण नराम्रो हुँदा नियमित औषधि सेवन नगर्ने र लुकेर बस्ने गरेको एचआइभी एड्सको क्षेत्रमा काम गर्नेहरुले बताएका छन् ।

पश्चिम क्षेत्रमा बढी संक्रमित रहेको पाइएको छ । यस क्षेत्रबाट रोजगारीका सिलसिलामा भारत जाने र त्यहाँबाट फर्किंदा एचआइभी लिएर आउने गरेको बहुउद्देश्यीय विकास समाज बैतडीका कार्यक्रम संयोजक लोकेन्द्रप्रसाद    पन्तले बताउनुभयो ।

असुरक्षित यौनसम्पर्क, संक्रमित रगत, संक्रमित सुई सिरिन्ज तथा छाला छेड्ने औजार र संक्रमित आमाबाट बच्चामा एचआइभी सर्न सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here