श्रीलंका र वेस्ट इन्डिज भिड्दै

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज हुने खेलमा दक्षिण एसियाली टोली श्रीलंकाले क्यारेबियन टोली वेस्ट इन्डिजको सामना गर्दैछ ।

उक्त खेल चेस्टर ली स्ट्रिटस्थित रिभर साइड ग्राउन्डमा नेपाली समयअनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ । श्रीलंका र वेस्ट इन्डिज दुवै पहिलो संस्करणदेखि नै विश्वकपमा सहभागी हुँदै आएका टोली हुन् ।

पहिलो र दोस्रो विश्वकपको उपाधि जितेको वेस्ट इन्डिज तेस्रो संस्करणमा भने फाइनलमा पराजित भएको थियो । त्यसयता वेस्ट इन्डिज फाइनलसम्म पनि पुग्न सकेको छैन् ।

श्रीलंकाले भने सन् १९९६ मा छैटौं संस्करणको उपाधि उचालेको थियो । सन् २००७ र सन् २०११ मा भने श्रीलंकाली टोली फाइनलमा पराजित भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here