श्रीलंकाद्धारा चीनसंग विकासका लागि सम्झौता

एजेन्सी– श्रीलंकाले दक्षिणी हम्बन्टोटा बन्दरगाहको विकासका लागि चीनसँग १ दशमलव १ बिलियन अमेरिकी डलरको सम्झौता गरेको छ ।

सम्झौताअनुसार चिनियाँ सरकारी कम्पनीले बन्दरगाह ९९ वर्षसम्म सन्चालन गर्न पाउनेछ भने नजिकैको १५ हजार हेक्टर जमिन औद्योगिक क्षेत्रकारुपमा प्रयोग गर्नेछ ।

चिनियाँ कम्पनीले प्रयोग गर्ने जमिनमा बस्दै आएका हजारौं जनतालाई श्रीलंकाली सरकारले नयाँ जमिन दिने जनाएको छ । यसअघि, चिनियाँ सेनाले बन्दरगाह प्रयोग गर्नसक्ने भन्दै महिनौंदेखि विरोध हुँदै आएको थियो ।

तर, श्रीलंकाली सरकारले भने एसिया र युरोप जाने मार्गको रुपमा व्यापारिक प्रयोजनका लागि बन्दरगाह प्रयोग गर्ने विश्वास दिलाएको थियो । श्रीलंकाली सरकारले सम्झौताबाट प्राप्त हुने रकम विदेशी ऋण पुनः तिर्न मद्दत पुग्नेसमेत जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here