श्रीमतीको कुटपिट गरी हत्या

भीमदत्तनगर, ३ फागुन -कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ दयाअमरपुर मुक्तकमैया शिविरका ४८ वर्षीय बिरु डगौराले श्रीमतीको कुटपिट गरी हत्या गरेका छन् ।

बुधबार राति मजदुरी गरेर घर फर्किएका बिरुले ४५ वर्षीया श्रीमती लाहु डगौरालाई कुटपिट गरी हत्या गरेका हुन् । “घरमा श्रीमती मादक पदार्थ सेवन गरेर खाना नपकाइ बसेको भन्दै श्रीमान्ले हातले कुटपिट गरेको देखिन्छ ।

” इलाका प्रहरी कार्यालय कृष्णपुरका प्रहरी नायब निरीक्षक भरत धामीले भन्नुभयो, “सम्झाउने क्रममा विवाद हँुदा बिरुले थप्पड हान्दा श्रीमतीको ज्यान गयो ।” बिहीबार बिहान घटनास्थल पुगेर प्रहरी टोली थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here