श्रमजीविलाई एकताको सुत्रमा बाँध्न आवश्यकः राष्ट्रपति

काठमाडौं,१८ बैशाख । विद्यादेवी भण्डारीले अन्तराष्ट्रिय श्रमिक दिवसले श्रमिक हक अधिकारको रक्षार्थ विश्वभरीका श्रमजीविलाई एकताको सुत्रमा बाँध्न सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

दिवसका अवसरमा शुभकामना दिँदै राष्ट्रपति भण्डारीले सबै पक्षबाट श्रमको सम्मान र मर्यादा हुनुपर्ने स्मरण गर्नुभएको छ । नेपालको बर्तमान संवैधानिक प्रावधान र मजदुरको पक्षमा बनाइएका नयाँ ऐनको प्रभावकारी कार्यान्वय हुनसके मजदुरको अवस्थामा महत्वपूर्ण सुधार आइ विदेश पलायन हुने क्रम रोकिने विश्वास पनि राष्ट्रपचि भण्डारीले व्यक्त गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here