शौचालयमा शिशुको शव, एक पक्राउ

सुनसरी,२२ मंसिर । सुनसरीको धरान–११ मंगलबारे चोकस्थित एक मेडिकल हलको शौचालयमा शनिबार एक शिशुको शव फेला परेको छ । प्रहरीले अनुसन्धानका लागि मेडिकल हल संचालक ३५ वर्षीय सुमन ढकाललाई नियन्त्रणमा लिएको छ । मंगलबारे चोकको विष्णुपादुका मार्ग बस्ने शुक्र बहादुर तामाङको घरको शौचालयमा नवजात शिशुको शव भेटिएको प्रहरीले जनाएको छ ।

ढकालले नै आफ्नो मेडिकल हलले प्रयोग गर्ने शौचालयमा नवजात शिशुको शव फेला परेको जानकारी प्रहरीलाई दिएका थिए । नवजात शिशुको शव फेला परेपछि प्रहरीले ढकाललाई केरकार गर्दा आफूलाई केही थाहा नभएको बताएका थिए । मेडिकल हलले प्रयोग गर्ने शौचालयमा बाहिरबाट आएर शिशुको शव फाल्ने आंट नगर्ने भएकाले सुमन ढकालमाथि नै शंका गरेर प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले उक्त मेडिकल हलमा पैसा लिएर अवैध रुपमा असुरक्षित गर्भपतन गराएको हुनसक्ने आशंका गरेको छ । डीएसपी सुमन तिम्सिनाले भन्नुभयो, ‘शौचालयमा नवजात शिशु फाल्ने महिलालाई दुई घण्टा भित्रमा उपस्थित गराउन भनेपनि नल्याएपछि ढकाललाई अनुसन्धानका लागि हिरासतमा राखेको हो ।’ थप अनुसन्धानका लागि तालिम प्राप्त कुकुर प्रयोग गरेर अनुसन्धान थालेको डीएसपी तिम्सिनाले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here