शैनिक शिविरमा आक्रमण ७० जनाको मृत्यु

एजेन्सी–  अफगानिस्तानमा तालिवान लडाकुले सेनाको शिविरमा आक्रमण गर्दा ७० भन्दा बढी सैनिक मारिएका छन् । उत्तरी शहर मजार–ए–शरिफ शहरको बाहिरी क्षेत्रमा रहेको सेनाको हेडक्वाटरमा आक्रमण भएको हो ।
सेनाको पहिरनमा आएका तालिवान लडाकुले आक्रमण गरेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । बिबिसीका अनुसार तालिवानले विज्ञप्ती निकालेर घटनाको जिम्मा लिएको छ । राति अबेरसम्म लडाइँ चलिरहेकाले मृतकको संख्या बढ्न सक्ने जनाईएको छ ।
उक्त आक्रमणमा कम्तीमा १० जना तालेबान उग्रवादीहरु पनि मारिएको बताईएको छ । एकजना सैनिक कमाण्डरका अनुसार राती अबेरसम्म गोली हानाहानको आवाज सुनिएको र कम्तीमा एकजना हमलाकारीले आफैंलाई विस्फोट गराएको जनाएका छन् ।
अमेरिकी सेनाका प्रवक्ता जन टमसले शुक्रबारको आक्रमण एउटा ठूलो हमला भएको बताएका छन् । अफ्गानिस्तानको पश्चिमा समर्थन प्राप्त सरकारले तालेबान र अरु विद्रोही समूहसँग लामो सयमदेखि लडाइँ गरिरहेको छ ।
अघिल्लो महिना इस्लामिक स्टेट समूहका उग्रवादीहरुले गरेको ठानिएको एउटा हमलामा काबुलमा कम्तीमा ५० जनाको मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here