शेयर बजारमा सुधार

काठमाडौं,१८ चैत ।  आइतबार ओरालो लागेको शेयर बजारमा आज भने सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ६.४३ विन्दुले बढेर एक हजार १४९.९९ विन्दुमा पुगेको छ ।
यस्तै ठूला कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक १.४५ विन्दुले बढेर २४४.८१ विन्दुमा पुगेको छ । स्टकका अनुसार कारोवार रकममा समेत वृद्धि भएको छ ।

कूल १७१ कम्पनीका १२ लाख ६५ हजार ६६२ कित्ता शेयर रु ३५ करोड २८ लाख १० हजार ७५० मूल्यमा खरीद बिक्री भए । कारोवार भएका दश उपसमूहमध्ये आज दुई उपसमूहको मात्रै शेयर घटेको छ । त्यसमा उत्पादन ४.६६ र अन्य ५.९२ विन्दुले घटेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here