शुल्क घटाउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

काठमाडौं, ४ वैशाख । मापदण्ड विपरित तोकिएको निजी विद्यालयहरुको शुल्क तत्काल घटाउन माग गर्दै संयुक्त विद्यार्थी संगठनले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने भएका छन् ।
अनेरास्ववियू, नेपाल विद्यार्थी संघ, अनेरास्ववियू क्रान्तिकारीलगायत संयुक्त विद्यार्थी संगठनले शुल्क घटाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन लागेको नेविसंघका अध्यक्ष नैनसिह महरले जानकारी दिनुभएको छ । उहाँले ७२ घण्टा भित्र आफूहरुको माग सम्बोधन गर्न आग्रह गर्दै प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाउने बताउनुभयो ।

सरकारलाई निजी क्षेत्रले जथाभावी बढाएको शुल्क तत्काल घटाउन दवाव दिन भोली सडक बहस कार्यक्रम संचालन गर्ने भएको छ । विद्यार्थी संगठनहरुले अव पनि सरकारले निजी विद्यालयहरुले मापदण्ड विपरित वृद्धि गरेको शुल्क नघटाए सरकारका सबै गतिविधिमा असहयोग गर्ने लगाएतका आन्दोलनका कार्यक्रम घोषणा गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here