शीर्ष नेता चुनावी सभामा व्यस्त

काठमाडौं, ९ असार– शीर्ष नेताहरु स्थानीय तहको दोस्रो चुनाव नजिकीदै गएपछि आआफ्नो चुनावी क्षेत्रमा आयोजना हुने सभामा व्यस्त भएका छन् । शीर्ष नेताहरुको उपस्थीतिमा हुने सभाका लागि विभिन्न जिल्लामा तिव्र तयारी भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि चुनावी प्रचार–प्रसारमा व्यस्त रहनु भएको छ ।

गृह जिल्ला झापामा विभिन्न चुनावी सभालाई सम्बोधन गर्नु भएका अध्यक्ष ओलीले भोलि विराटनगर र इटहरीका चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

 

 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आज, दिनभर विभिन्न चुनावी कार्यक्रम सहभागि हुने कार्यक्रम रहेको छ । प्रदेश नम्बर ७ मा रहनु भएका दाहाललले आज दिनभर आधा दर्जनभन्दा बढी चुनावी सभामा सहभागिता जनाउने कार्यक्रम तय भएको उहाँका स्वकीय सचिव प्रकाश दाहालले जानकारी दिनुभयो ।

 

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आज कपिलवस्तुमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । पौडेलले भोलि नवलपरासीमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको रहेको उहाँका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो ।

 

 

 

 

एमाले नेता माधव नेपाल आजबाट देश दौडाहमा निस्कँदै हुनुहुन्छ ।   उहाँले आज उदयपुरका चुनावी सभालाई सम्बोधन गर्नुहुनेछ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा पनि दोस्रो चरणको स्थानीय निर्वाचनको प्रचारप्रसारका लागि देश दौडाहामा रहनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here