शीर्ष नेताहरु सरकार गठनमा व्यस्त,सानादल आन्तरिक छलफलमा

काठमाडौं,५ पुस– बाम गठबन्धनले सरकार गठनको तयारी गरीरहेका बेला साना दलहरु भने आन्तरिक छलफलमा जुटेका छन् ।

हालै सम्पन्न निर्बाचनबाट बहुमत पाएको गठबन्धनले नयाँ सरकार गठनका लागि कसरत गरीरहेका बेला साना दलहरु सरकारमा जाने वा प्रतिपक्षमा बस्ने भन्नेबारे छलफलमा जुटेका हुन् ।

निर्बाचनमा अपेक्षाकृत नतिजा ल्याउन नसकेको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले आज देखि सुक्ष्म अध्ययन सुरु गरेको छ । त्यस्तै कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले सबै निर्बाचन क्षेत्रमा पुगेर पराजय बेहोर्नुको कारणबारे अध्ययन तथा छलफल गर्न थालेको छ ।

नेपाल मजदुर किसान पार्टीले प्रतिपक्षमा बस्ने निणर्य गर्दै हरेक दिन आन्तरीक छलफल जारी राखेको छ भने राष्ट्रिय जनमोर्चा र नयाँ शक्ति पार्टी नेपालले अर्को साता पार्टीको केन्द्रीय बैठकको आह्वान गरेका छन् ।

प्रदेश नंम्बर २ मा बहुमत प्राप्त गरेका मधेसबादि दलहरु भने प्रदेश सरकार र प्रदेश प्रमुख चयन   गर्नेबारे छलफलमा छन् । उनिहरु निर्बाचन जितेपनि राजधानिमा नआई जिल्लामै आन्तरिक रुपमा ब्यस्त भएको राजपाका नेता मनिष सुमनले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here