शीर्षदल नै मतदानबाट बन्चित

photo to ekantipur

काठमाडौं,१९ कार्तिक– आशन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन शीर्ष नेता नै मतदानबाट बन्चित हुने भएका छन् । कतिपय नेता आफ्नो गृह जिल्ला र क्षेत्रभन्दा बाहिरबाट चुनावमा प्रतिस्पर्धा गर्दै छन् । निर्वाचन क्षेत्रबाट बाहिर गएर स्पर्धा गर्ने उम्मेदवारले भने आफ्ना लागि आफ्नो मत प्रयोग गर्न नपाउने भएका हुन ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सूर्यविनायक नगरपालिकामा मतदाता नामावली सारेपछि झापा ५ बाट चुनावी मैदान उत्रिएपनि आफैले आफैलाई मत दिन नपाउने हुनुभएको हो ।

रौतहटको गौर नगरपालिकामा मतदाता रहेका एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाल काठमाडौँ २ बाट उम्मेदवार उहाँले पनि मत दिन नपाउने हुनुभएको छ ।
काठमाडौँ १ बाट निर्वाचनमा प्रतिस्पर्धा गर्न लाग्नुभएका नेकपा माओवादी केन्द्रका युवा नेता अनिल शर्माको मतदाता नामावली रुकुममा छ, तर उहाँ काठमाडौँको चुनावी मैदानमा भएकाले मत दिन नपाउने हुनुभएको छ ।

काठमाडौँ २ का मतदाता रहनुभएका पूर्वसभामुख दमननाथ ढुङ्गाना यस पटक नेपाली काँग्रेसको तर्फबाट भक्तपुर २ मा चुनावी मैदानमा हुनुहुन्छ । ढुङ्गानाले पनि आफैलाई मत दिन पाउनु हुन्न ।
यता रोल्पा नगरपालिकामा मतदाता रहनुभएका माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा पनि दाङबाट चुनाव लड्दै हुनुहुन्छ । महराले पनि आफैलाई मतदान गर्न पाउनुहुन्न । काठमाडौँ ६ का मतदाता रहनुभएका माओवादी केन्द्रका नेता हितमान शाक्य पनि अहिले काठमाडौँ १० को चुनावी मैदानमा हुनुहुन्छ ।
राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको मतदाता नामावली सर्लाहीको बलरा नगरपालिकामा छ । ठाकुर यस पटक महोत्तरी ३ बाट चुनावमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।

सर्लाहीको चन्द्रनगर गाउँपालिकाका मतदाता रहनुभएका राजपा नेता राजेन्द्र महतो धनुषाबाट निर्वाचनमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।
एमाले सविच समेत रहनुभएका योगेश भट्टराई यस पटक काठमाडौँबाट ताप्लेजुङमा उम्मेदवार बन्नुभएको छ । उहाँ काठमाडौँ ६ का मतदाता हुनुहुन्छ । माओवादी केन्द्रका नेता देव गुरुङको मतदाता नामावली मनाङको नासोङ गाउँपालिकामा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here