शिवरात्रिमा टेलिकमको अफर

काठमाडौं,१३ फागुन– नेपाल टेलिकमले शिवरात्रिका अवसरमा ‘फेस्टिभल अफर’ ल्याएको छ । अफरअन्तर्गत र ७५ मा १०० एमबी डाटा खरिद गरी सोही रकमबाटै पाउने १०० एमबी युट्युब डाटा बोनसस्वरुप १५ दिनसम्म प्रयोग गर्न सकिनेछ ।

त्यस्तै १५० मा २०० एमबी डाटा खरिद गरी २०० एमबी युट्युब डाटा बोनसस्वरुप ३० दिनसम्म प्रयोग गर्न सकिने छ ।

यसैगरी २२ रुपैयाँ ६० पैसामा १०० एमबी फेसबुक प्याकेज खरिद गरी पाँच दिनसम्म प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here