शिलबन्दी खोलेकोमा विरोध

भक्तपुर, १ भदौ:किशोर एवं युवालाई नशालु औषधि बिक्री गर्ने फार्मेसीमा लगाइएको शिलबन्दी खोलिएको भन्दै नगरपालीकाले विरोध गरेको छ ।

सूर्यविनायक नगरपालिकाको अनुगमन टोलीले नगरपालिका–६ पाण्डुबजारस्थित तेजस्वी फार्मेसीले किशोर एवं युवालाई नशालु औषधि बिक्री गर्दै गरेको अवस्थामा फेला पारेपछि शिलबन्दी गरेको थियो ।

नगरपालिकालाई कुनै जानकारी नै नदिई औषधि व्यवस्था विभागले आर्थिक प्रलोभनमा परी आज फर्मेसीको शिलबन्दी खोलेको आरोप लगाउँदै नगरपालिकाले विभागको कार्यशैलीको विरोध गरेको हो । नगरपालिकाले शिलबन्दी गर्ने र कारवाही गर्ने अधिकार स्थानीय सरकारलाई दिन माग गरेको छ ।

गत साउन १ गते सूर्यविनायक नगरपालिकाले नगरपालिकाका प्रशासकीय अधिकृत चिरञ्जीवी तिम्सिनाको नेतृत्वमा गएको अनुगमन टोलीले विभागका कर्मचारी बोलाइ शिलबन्दी गरेको थियो ।

नगरपालिकाका प्रशासकीय अधिकृत तिम्सिनाले नगरपालिकाले अनुगमन गर्दा दोषी भेटिएको फार्मेसीलाई विभागले के कारवाही ग¥यो, या गरेन भन्नेसमेतको नगरपालिकालाई जानकारी नगराई विभागले सुटुक्क शिलबन्दी खोलेको आरोप लगाउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here