शिक्षामन्त्री पोखरेल डिस्चार्ज, के भएको थियो ?

काठमाडौं,९ चैत । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । फुड प्वाइजन भएपछि मन्त्री पोखरेल अस्पताल भर्ना हुनुभएको थियो ।

बिरामी भएर पाटन अस्पताल ललितपुरमा भर्ना भएका मन्त्री पोखरेल तीन दिनको अस्पताल बसाइँपछि डिस्चार्ज हुनुभएको हो ।

मन्त्री पोखरेलको सचिवालयका अनुसार अबको केही दिन मन्त्री पोखरेललाई घरमै बसेर आराम गर्न चिकित्सकहरूले सुझाव दिएका छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here