शिक्षण अस्पतालकै बेडबाट गगनले भनेः हिंसात्मक घटनाबाट आतंकित नहुनुहोस्

काठमाडौं,१८ मंसिर– प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं ४ का उम्मेदवार गगनकुमार थापाले हिंसात्मक घटनाबाट आतंकित नहुन मतदाताहरूलाई अपिल गरेका छन्।

सोमबार बिहान घरदैलोका क्रममा आफूलाई लक्षित गरी भएको विस्फोटमा घाइते भइ शिक्षण अस्पतालमा उपचार गराइरहेका थापाले अन्नपूर्णलाई प्रतिक्रिया दिँदै ुमतदातालाई आतंकित नभइ मतदानमा सहभागी हुनु अपिल गरेका छन्।

ुम माथि योजनबद्ध तरिकाले आक्रमण भएको देखिन्छ। घरदैलोको क्रममा भौतिक आक्रमण भयोु, थापाले भने, ुहिंसात्मक घटनाबाट मतदाताहरू आतंकित नहुनुस्, मतदानमा सहभागी हुनुस्।

थापको घरदैलो कार्यक्रममा सोमबार बिहान बम विस्फोट भएको हो। प्रचारका क्रममा चपली हाइट पुगेका गगनसहित कांग्रेसका नेता कार्यकर्ता घरदैलो कार्यक्रममा व्यस्त रहेका बेला बम विस्फोट भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here