शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्र लाइसेन्सको विज्ञापन खुल्यो

काठमाडौं,३ असार । शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्र लाइसेन्सको विज्ञापन गरेको छ । आयोगले विज्ञापन खुलाएसंगै प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहमा अध्यापन गराउन इच्छुक व्यक्तिले लाइसेन्सका लागि फारम भर्न पाउने भएका छन् । यस पटकदेखि अनलाइन फारम भर्ने व्यवस्था गरेको आयोगले विभिन्न पाँच प्रकारको विज्ञापन गरेको छ ।

प्राथमिक तहको अध्यापन अनुमति पत्रका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा प्रवीणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा १० महिना अवधिको तालिम वा ४ सय पूर्णाङकको शिक्षा विषय लिई माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ ।

निम्न माध्यमिक तहका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा २ सय पूर्णाङक सहित परीक्षा दिन चाहेको कुनै एक विषयमा प्रवीणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा १० महिना अवधिको तालिम लिएको हुनुपर्नेछ । यस्तै माध्यमिक तहको अध्यापन अनुमति पत्रका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट ३ सय पूर्णाङक सहित परीक्षा दिन चाहेको कुनै एक विषयमा कम्तीमा स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा १० महिना अवधिको तालिम लिएको हुनु पर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here