शान्तिपूर्णरुपमा ३४ जिल्लामा स्थानिय तहको पहिलो चरणको निर्वाचन सकियो, ५ बजे सम्म ७० प्रतिशत मत खस्यो

काठमाडौं, ३१ बैशाख– ३४ जिल्लामा स्थानिय तहको निर्वाचनको पहिलो चरण अन्तरगत मदानका लागि तोकिएको समय सकिएको छ ।
निर्वाचन आयोगले बिहान ७ बजेदेखि बेलुका ५ बजे सम्मको समय तोकेको थियो । अब मतदाताले मत खसाल्न लाईनमा बसी रहेको हुनुपर्ने छ ।
नयाँ मतदाताले तोकिएको समय सकिएकाले लाइनमा बस्न पाउने छैनन् । निर्वाचन आयोगका अनुसार लाइनमा बसेका मतदाताले मात्र मत हाल्न पाउने व्यवस्था गरिएको छ ।
३४ जिल्लाका २ सय ८१ स्थानीय तहमा बिहान ७ बजेबाट सुरु भएको स्थानीय तह पहिलो चरणको मतदानको समय सकिएको हो ।
निर्धारित समयभित्र करिब ७० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । पाँच बजेसम्म समय तोकिएपनि ५ बजेभित्र लाइनमा बसेकाहरुले भने मतदान गर्न पाउने आयोगले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here