‘शाकुन्तल’ अब नाटकमा

काठमाडौँ, २४ फागुन । महाकवी लक्ष्मीप्रसाद देवकोटाले लेख्नुभएको ‘शाकुन्तल’ महाकाव्यलाई नाटकका रुपमा मञ्चन गरिएको छ ।

आरोह गुरुकुलका निर्देशक सुनिल पोखरेलको मार्ग दर्शनमा विद्या शङ्कर विद्यालयका विद्यार्थीले उक्त महाकाव्यलाई नाटकका रुपमा आज प्रस्तुत गरेका हुन् । विद्या शङ्कर विद्यालयले आयोजना गरेको कार्यक्रममा उनीहरुले एक घन्टा ३५ मिनेटसम्म उक्त नाटक प्रस्तुत गरेका हुन् ।

सो अबसरमा कलाकार राजेश हमालले बालबालिकाले नै यसरी नाटक मञ्चन गर्नु अत्यन्तै राम्रो कुरा भएको उल्लेख गर्दै बाल्यकालमा आफूले यस्ता किसिमको अनुभूति गर्न नपाएको बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक सुधीर झाले यस विद्यालयका विद्यार्थीले देवकोटाको महाकाव्यमा नाटक मञ्चन गर्दा आफू अत्यन्तै खुसी भएको भन्दै आगामी दिनमा पनि विद्यार्थीले यस्तो काम गर्न जाँगर गरे आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here