एजेन्सी । भारतको गुजरातस्थित एउटा व्यावसायिक भवनमा आगलागी हुँदा १५ जना विद्यार्थीहरुको मृत्युभएको छ ।
सुरतको सारथानास्थित तक्षशिला कम्प्लेक्समा लागेको आगलागीबाट त्यो संख्यामा बालबालिकाको ज्यान गएको छ भने दर्जनौ घाइते भएका छन्। विद्यार्थीहरु ट्युशन सेन्टरमा पढिरहेको बेला काठको टुक्रामा लागेको आगो त्यहाँ परेपछि भवनमा आगलागी भएको थियो।
यता, गुजरातका मुख्यमन्त्री विजय रुपानीले मृतकको परिवारलाई जनही ४ लाख रुपैयाँ राहत स्वरुप दिने घोषणा गरेका छन्। यस्तै शहरी विकासका प्रमुख सचिव मुकेश पुरीले घाइतेहरुको हेरचाह र विल्डिङको रिपोर्ट तीन दिनभित्र ल्याइ पुर्याउने बताए ।
यस्तै प्रधानमनत्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत घटनाप्रति दुख व्यक्त गरेका छन्। त्यहाको प्रहरी प्रमुख सतिश शर्माले १५ वडा मृतकको शरीर भेटिएको तर पहिचान गर्न नसकिएको बताएका छन्।

