व्यापारीलाई जानकारी दिएर अनुगमन

काठमाडौं, २३ जेठ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित सरक्षण विभागले व्यापारीलाई जानकारी दिएर अनुगमन गर्ने तयारी गरेको छ । विभागले मगलबारदेखि छुटा/छुटै ६ टोली बनाएर अनुगमन टोली खटाउँदै छ ।

अनुगमन टोलीले अत्यावश्य मानिने दूग्ध तथा खानेपानी, माछा मासु बधशाला तथा पसल, औषधी फार्मेसी तथा स्वास्थ्य क्लिनिक, होटल मिठाई तथा खाद्य, पेट्रोलियम प्रदार्थ ग्यास तथा निर्माण सामग्री र यातायात क्षेत्रमा अनुगमन गर्नेछन । तर, यसको जानकारी व्यापारीले पाइसकेका छन । जानकारी दिएर अनुगमन गर्दा प्रतिफल शुन्य हुने विभागकै अधिकारीहरु बताउँछन ।

‘जानकारी दिएर अनुगमन गर्नुको कुनै अर्थ हुदैन । व्यापारीहरु अनुगमन टोली पुग्नु भन्दा अघि नै कैफियतहरु लुकान सक्छन,’ विभागका एक अधिकारीले भने, ‘जानकारी दिएर अनुगमन गर्नु अर्थहिन छ ।’ यसअघि व्यापारीले पनि अनुगमन  पूर्ब जानकारी हुनुपर्ने माग गर्दे आएका थिए ।

अनुगमनको क्रममा जानकारी नदिएको भन्दै बिरोध समेत गर्दे आएका छन ।  विभागका नवनियुत्त महानिर्देशक कुमार प्रसाद दाहालले भने सबै निकायको सहभागीतामा सयुक्त अनुगमन गर्न लागेको बताए । अनुगमनको उदेश्य बजेट सक्न नभई अनुगमनमार्फत व्यवसायी र उपभोक्ता दुबैलाई सचेत गराएको बताए । आजको कान्तिपुरमा खबर छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here