व्याकुल माईला गोल्ड कपको सातौं संस्करण सुरु

ओखलढुङगा,  राष्ट्रिय गानका सर्जक व्याकुल माइलाको सम्मानमा सञ्चालन हुँदै आएको व्याकुल माईला गोल्ड कपको सातौं संस्करण आजदेखि सुरुहुने भएको छ ।
कोजाग्रत पूर्णिमाको अवसरमा व्याकुल माईलाको जन्मथलो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ थाक्लेमा आजदेखि २७ गते सम्म व्याकुल माईला गोल्ड कप संञ्चालन गर्ने तयारी गरिएको हो ।

खेलकुदको माध्यमबाट विकासको अभियान’ भन्ने नाराका साथ सञ्चालन हुने प्रतियोगीतामा ओखलढुंगा, सोलुखुम्बु, खोटाङ, उदयपुर, सिन्धुली, काठमाडौं लगायतका जिल्लाबाट आएका टिमको सहभागिता रहने गोल्डकप मूल समारोह समितिले जनाएको छ ।
ओखलढुंगाको प्रतिष्ठित र सर्वाधिक राशिको फुटबल प्रतियोगीतामा विजयी टिमले ५० हजार, दोश्रोे ३० हजार र तेस्रोले २० हजारका साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै, बेस्ट प्लेयर, हाइ स्कोरर र बेस्ट किपरलाई पनि जनही ५ हजार पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here