व्यवस्थापिका संसद बैठक बस्दै,यस्ता छन् कार्यसूची

web

काठमाडौं,२६ असोज–  व्यवस्थापिका संसदको बैठक आजपनि बस्दैछ । संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने गरी बैैठक बोलाइएको छ ।


आजको बैठकमा उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले महिला बालवालीका, जेष्ठ नागरिक समाज कल्याण समितिको प्रतिवेदन सहितको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७३ माथी छलफल गरियोस भनी प्रस्ताव प्रस्तुत गर्ने कायसूचि रहेको व्यवस्थापिका संसदका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

साथै आजको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विद्येयक–२०७४ पारीत गर्न प्रस्ताव गर्ने, राजर्षिजनक विश्वविद्यालय विधेयक २०७१ मथि छलफल गर्ने र राजर्षिजनक विश्वविद्यालय विधेयक २०७४ लाई पारीत गरियोस भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि रहेको छ ।

यसैबीच– भाषा आयोग विधेयक शीघ्र प्रक्रिया (फास्ट ट्रयाक) बाट पारित गर्न व्यवस्थापिका संसद्ले संसद्को कार्यसञ्चालन नियमावलीको नियम निलम्बन गरेको छ ।

संसद्को हिजोको बैठकले विधेयक संसद्मा प्रस्तुत भएपछि संशोधन दर्ताका लागि सांसदहरूलाई दिइने ७२ घन्टाको समयसीमासम्बन्धी व्यवस्था निलम्बन गरेको हो ।

त्यो समयसीमालाई अब २४ घन्टामा झारिएको छ । संसद्को आज बस्ने बैठकबाटै आयोग गठन विधेयक पारित गर्ने तयारीअनुसार नियम निलम्बन गरिएको हो ।

नियम निलम्बनका लागि काँग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठको प्रस्तावलाई माओवादी केन्द्रका प्रमुख सचेतक रेखा शर्माले समर्थन गर्नुभएको थियो ।

बहुमतले नियम निलम्बनको प्रस्ताव पारित भएको हो । असोज २७ अघि नै विधेयक पारित गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको भन्दै नियम निलम्बन गरी विधेयक फास्ट ट्रयाकबाट पारित गर्न लागिएको हो ।

भाषा आयोग गठन भएको एक वर्ष भइसके पनि गठन आदेश कानुन अझै पारित भएको छैन । संसद्को कार्यकाल अब छोटो समयमात्र भएकाले विधेयक अब संसद्को पूर्ण बैठकमै दफावार छलफल हुनेछ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here