काठमाडौं, २७ असोज – व्यवस्थापिका संसदको अन्तिम बैठक भोली बस्ने भएको छ । बिजनेसका हिसाबले संसदको आजको बैठक अन्तिम भएपनि भोली विशेष बैठक राखिएको छ । भोली ५ सय ९२ सांसदहरु विधिवत रुपमा बिदा हुुनेछन् ।
असोज २९ गते समानुपातिकको बन्दसूची पेश गर्ने मिति भएकाले भोली मध्यरातीदेखि संसद विघटन हुने संसद सचिवालयका प्रवक्ता डा.भरतराज गौतमले बताएका छन् ।
प्रमुख दलका शीर्ष नेताहरु र ओनसरी घर्तीबीच छलफल भएपछि शनिवार अपरान्ह संसदको विशेष बिदाई बैठक राखिएको सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले बताउनु भएको छ । बैठकमा सभामुख र शीर्ष नेताले सम्बोधन गर्नेछन् ।

