व्यवसायी विनोदकुमार गुप्ता विरुद्ध मुद्दा दर्ता

काठमाडौँ, १ भदौ:सरकारले करिव आधा दर्जन घटनामा ५ अर्ब २२ करोड रुपैयाँ राजस्व छली भएको दाबी सहित विभिन्न जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । एक साताको अवधिमा राजस्व अनुसन्धान विभागले काठमाडौं, रुपन्देही, पर्सा र बारा जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । घटनामा ६ जना सरकारी कर्मचारी समेत मुछिएका छन् ।

विनोद कुमार गुप्ता र उनी संलग्न फर्म तथा कम्पनीहरुबाट भएको राजस्व छलीका दुई मुद्दा शुक्रबार जिल्ला अदालत काठमाडौंमा दर्ता गरिएको राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए।
हिमालयन कार्गोका नाममा सामान ढुवानी/पैठारी गर्ने विनोदकुमार गुप्ता भारतीय नागरिक हुन्। आर्थिक वर्ष २०६५/६६ देखि हरेक वर्ष वार्षिक ५ हजार रुपैयाँ आयकर बुझाउदै आएका थिए। उनले पछिल्लो तीन वर्ष भने एक रुपैयाँ पनि आयकर नतिरेको राजस्व स्रोतले बतायो। राजस्वले उनको खातामाथि अनुसन्धान हुदा हरेक वर्ष ५० करोडदेखि एक अर्ब रुपैयाँसम्मको कारोवार भएको भेट्यो।
राजस्वले गुप्ता सहित उनकी पत्नी मधु कुमारी गुप्ता विरुद्ध ५४ करोड ४२ लाख ४७ हजार ७५२ रुपैयाँ बिगो र त्यति नै जरिवानाको माग गरेको छ। गुप्ता दम्पतीमाथि मात्रै दुई अर्ब ७२ करोड १२ लाख ३८ हजार ७६० रुपैयाँ बिगो र जरिवानाको मागदाबी भएको देखिन्छ। उनीहरुमाथि ३ वर्ष कैद हुनुपर्ने माग समेत छ।news by ekantipur

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here