काठमाडाैं, २१ पुस – व्यवसायी बसन्त पौडेलको हत्याको विरोधमा युवा संघ नेपालले रुपन्देही बन्दको घोषणा गरेको छ ।
उसले हत्यारालाई पक्राउ गरी कारबाहीको माग गर्दै अनिश्चितकालीन बन्द आहृवान गरेको हो ।
आज विहान अज्ञात समूहले फर्निचर व्यवसायी पौडेलमाथि देवदहमा गोली हानेको थियो । टाउको र छातीमा गोली लागेका उनको उपचारका क्रममा निधन भएको छ ।

