व्यङ्ग्य निबन्धसङ्ग्रह ‘बोकाको मन’ सार्वजनिक

काठमाडौँ, ५ माघ। साहित्यकार काशीनाथ मिश्रित (ज्ञवाली) द्वारा रचित ‘बोकाको मन’ (व्यङ्ग्य निबन्धसङ्ग्रह) सार्वजनिक गरिएको छ।

भुँडीपुराण प्रकाशनद्वारा आज यहाँ आयोजित पुस्तक विमोचन कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सो व्यङ्ग्य निबन्धसङ्ग्रहको विमोचन गरे । सङ्ग्रहमा नेपालको राजनीतिलगायतका विषयलाई व्यङ्ग्य गरिएका दुई दर्जन निबन्ध समावेश गरिएका छन्।

सो अवसरमा मन्त्री ज्ञवालीले देशमा लामो सङ्घर्षपछि राजनीतिक परिवर्तन प्राप्त भएको सन्दर्भमा सांस्कृतिक परिवर्तनका लागि अझै केही समय लाग्ने बताए। उनले व्यङ्ग्यलाई जबर्जस्ती ढङ्गभन्दा पनि शालिन ढङ्गबाट प्रस्तुत गर्न आग्रह गरे।

‘बोकाको मन’ का लेखक ज्ञवालीले अपाङ्गता भएका व्यक्तिको राज्यका हरेक संरचनामा समान सहभागिता हुनुपर्ने माग गरे। रुरु–५ सुन्डाँडा, गुल्मीमा विसं २०३० मा जन्मेका दृष्टिविहीन साहित्यकार ज्ञवाली गाउँकै विद्यालयमा शिक्षक रहेका छन्। उनी कविता, काव्य र निबन्ध लेखनमा पनि सक्रिय छन्। ज्ञवालीका यसअघि ‘रक्सी’ (खण्डकाव्य), ‘केही अभिव्यक्तिः केही परिभाषा’, ‘भोकमारी’ सहलेखन र ‘दुर्भाग्य’ (महाकाव्य) प्रकाशन भइसकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here