वैशाख ९ मा पार्टी एकता गर्न ओली र प्रचण्ड सहमत

काठमाडौं, २२ चैत । एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वैशाख ९ गते पार्टी एकता गर्नको लागि सहमति जनाएका छन्।

आज प्रधानमन्त्री निवास बिहान बालुवाटारमा बसेको पार्टी एकता संयोजन समितिको बैठकमा दुबै दलका अध्यक्षले पार्टी एकताका लागि गठित दुई कार्यदलको सिफारिसका आधारमा वैशाख ९ गते पार्टी एकता गर्ने सहमति जनाएका हुन् ।

यसका लागि दुवै नेताले पार्टीभित्र आन्तरिक छलफल गरी निर्देशन दिने ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here