वैदेशिक रोजगार विभागको महानिर्देशकमा भीष्म कुमार भुसाल

काठमाडौं,२७ चैत । वैदेशिक रोजगार विभागको महानिर्देशकमा भीष्म कुमार भुसाल नियुक्त हुनुभएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले भुसाललाई आज महानिर्देशकमा नियुक्त गर्नुभएको हो ।
नियुक्ति पाएसँगै नवमहानिर्देशक भुसालले वैदेशिक रोजगारलाई मर्यादित पेसा र वैदेशिक रोजगार विभागलाई सम्मानित र गौरवमय संस्थाको रुपमा स्थापित गर्न सबैलाई आग्रह गर्नुभएको छ ।
आफूसामु ठूलो चुनौती आएको भन्दै वैदेशिक रोजगारीको क्रममा ठगिएकाहरूको घाउमा मल्हम लगाउन कुनै कसर बाँकी नराख्ने उल्लेख गर्नुभयो । भुसाल यसअघि वीरगन्ज महानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतका रुपमा कार्यरत हुनुहुन्थ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here