“वैज्ञानिक योजना निर्माण गरी पाँच वर्षपछि ‘पिछडा’ भन्ने शब्द हटाइने-मुख्यमन्त्री

सुर्खेत, ३२ असार-कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पछि परेका नागरिकको विकास नभई मुलुकको समृद्धि र विकास हुन नसक्ने बताउनुभएको छ ।

सुर्खेत गुर्भाकोट नगरपालिकास्थित शुभाकोटमा आज लोपोन्मुख सीमान्तकृत समाज उत्थान नेपालद्वारा आयोजित ‘अल्पसंख्यक पिछडा समुदायका लागि सौर्य ऊर्जा’ वितरण कार्यक्रममा उहाँले भन्नुभयो, “पछि परेका नागरिकलाई राज्यको मूल प्रवाहमा ल्याउन आवश्यक छ ।”

“विकासको बाधक भ्रष्टाचार मुलुकका लागि प्रमुख चुनौती बनेको छ, यसलाई निर्मूल गर्न जनताको साथ आवश्यक छ,” मुख्यमन्त्री शाहीले भन्नुभयो,     “वैज्ञानिक योजना निर्माण गरी यस प्रदेशमा पाँच वर्षपछि ‘पिछडा’ भन्ने शब्द हटाइनेछ ।”

उहाँले कुनै पनि क्षेत्रको सन्तुलित विकासका लागि नेतृत्वको भूमिका महत्वपूर्ण हुने बताउँदै जोखिम बस्तीहरुलाई जोखिममुक्त बनाउन मुख्यमन्त्री एकीकृत बस्ती विकास कार्यक्रम अघि सारिएकाले अब यहाँ कोहि पनि गरिब भएर बस्नु नपर्ने धारणा व्यक्त गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here