वेल घेराउ हुँदाहुँदै अधिनायकवादी शैलीमा विधेयक पारित भयोःसभापति देउवा

काठमाडौं, ११ माघ । कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अधिनायकवादी शैलीमा चिकित्सा शिक्षा विधेयक पारित भएको दावी गर्नुभएको छ ।
उहाँले केपी शर्मा ओली सरकारले अधिनायकवादी शैलीमा विधेयक पारित गर्न खोज्दा सभामुखले पनि त्यसमा थप भूमिका खेलेको आरोप लगाउनुभयो ।
‘वेल घेराउ हुँदाहुँदै अधिनायकवादी शैलीमा विधेयक पारित भयो, सभामुखले पदको गरिमा नै राख्न सक्नुभएन, मलाई दुख लागेको छ,’ बैठकपछि पत्रकारसँग कुरा गर्दै देउवाले भन्नुभयो ।
उहाँले सरकार कांग्रेसले गरेका सबै काम मेट्न लागेको उल्लेख गर्नुभयो । यसअघि कांग्रेसको अवरोधबीच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले रोष्ट्रममा पुगेर विधेयक पेश गर्नुभएको थियो । उक्त प्रस्तावमा कुनै छलफल नै नगरी विधेयक पारित भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here