वीरेन्द्रनगर नगरपालिकाका विभिन्न पाँच वटा ऐन पारित

सुर्खेत, १३ चैत- वीरेन्द्रनगर नगरपालिकाले विभिन्न पाँच वटा ऐन पारित गरेको छ ।  सो नगरपालिकाको दोस्रो नगरसभाबाट उक्त ऐन पारित गरेको नगरपालिकाद्वारा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।

नगरसभामा सर्वसम्मतबाट पारित भएका ऐनमा प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन– २०७४, शिक्षा ऐन– २०७४, सहकारी ऐन– २०७४, कृषि व्यवसाय प्रवद्र्धन ऐन– २०७४ र न्यायिक समिति (कार्यविधि सम्बन्धी) ऐन– २०७४ रहेको नगर प्रमुख देवकुमार सुवेदीले बताउनुभयो ।

पारित ऐनमध्ये नेपालको संविधानको अनुुसूची ८ र ९ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अन्तर्गत प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन– २०७४ निर्माण गरिएको छ ।

त्यस्तै संविधानको धारा २२१, अनुसूची ८ को सूची नं ८ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ बमोजिम यो ऐन बनाइएको नगर प्रमुख सुवेदीले प्रष्ट्याउनुभयो ।

त्यसैगरी, संविधानको धारा २२६ को उपधारा १ बमोजिम सहकारी ऐन, २०७४, धारा २२६ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ बमोजिम कृषि व्यवसाय प्रवद्र्धन ऐन, २०७४ बनाइएको छ । त्यस्तै नेपालको संविधानको धारा २२१ को उपधारा १ बमोजिम न्यायिक समिति (कार्यविधिसम्बन्धी) ऐन, २०७४ बनाइएको नगरपालिकाले जनाएको छ ।

सभाले नेपालको संविधानको धारा २१७ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४६ बमोजिमनगर क्षेत्रभित्रका विवाद निरुपण गर्न उपप्रमुख मोहनमाया भण्डारी (ढकाल) संयोजकत्वमा तीन सदस्यीय न्यायिक समितिसमेत चयन गरेको छ । समितिको सदस्यमा रामकुमारी थापा र टोपबहादुर वास्कोटी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here