वीरगन्ज भन्सारमा आजदेखि जिएसटी लागु

काठमाडौं, १ भदौं– भन्सार कार्यालय, वीरगंज, पर्साले आजदेखि भारतबाट पैठारी भई नेपाल भित्रिने सबै प्रकारका वस्तुमा जिएसटी (वस्तु तथा सेवा कर) प्रणाली लागु गर्नेभएको छ ।
भारतबाट पैठारी भई कृषिउपज, खाद्यान्न, दलहन, जिवित जनावर, पेट्रोल, डिजेल, मट्टितेल, एलपि ग्यांसबाहेकका वस्तुमा सो प्रणाली लागु हुने वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी संतोष यादवले बताउनुभयो ।
कारोवारीले प्रज्ञापनपत्र भर्दा ढुवानी साधन नम्बर फरक परेमा र बिग्रेको अवस्था बाहेकमा सच्याउ नपाउने व्यवस्था भन्सार कार्यालयले गरेको छ ।
भन्सार कार्यालयले एउटा ढुवानी साधनमा एउटा मात्र एजेन्टको मालबस्तु ढुवानी गर्न पाउने, भन्सार जाँचपास भएर निकालिसकेको वस्तु अनिवार्यरुपमा सो दिन भन्सार यार्डबाट निकाल्नुपर्ने व्यवस्था गरेको छ ।
उक्त प्रणाली लागु भएपछि एजेन्टहरुले बनाउने नक्कली विल नियन्त्रणमा आउने विश्वास लिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here