वीरअस्पतालबाटै भागे कैदी

 काठमाडौं,८ जेठ । स्वास्थय उपचारकालागि वीर अस्पतालमा लैजाँदा अस्पतालबाटै एक जबरजस्ती करणी आरोपमा पक्राउ परेका एक किशोर फरार भएका छन् ।

महानगरीय प्रहरी वृत महाराजगञ्जको हिरासतमा रहेका १६ वर्षीय किशोर पदम श्रेष्ठ मंगलबार वीर अस्पताल लगिएको थियो। जाँचका लागि वीर अस्पताल लगिएका उनी प्रहरीलाई छलेर भागेका हुन्।

स्रोतका अनुसार उनीसहित २ जना १५ वर्षीय एक किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका थिए। पक्राउ परेका अर्का व्यक्ति भने प्रहरी हिरासतमै छन्। फरार श्रेष्ठको खोजी भइरहेको प्रहरीले जनाएको छ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here