काठमाडौं,१३ जेठ । काठमाडौमा आइतबार भएको विस्फोटका घटनामा संलग्न भएको आशंकामा प्रहरीले ९८ जनालाई पक्राउ गरेको छ । विस्फोटका घटनामा संलग्न भएको आरोपमा ९८ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर काठमाडौले जनाएको छ । उनीहरु बम विस्फोट तथा बन्द गराउने क्रियाकलापमा संलग्न भएको प्रहरीको भनाइ छ । प्रहरीले विभिन्न स्थानबाट गएराति उनिहरुलाई नियन्त्रणमा लिएको बताइएको छ ।

