विषालु च्याउ खाँदा पाँच बालबालिकासहित छ जनाको मृत्यु

file photo

काठमाडौं,३१ जेठ । विषालु च्याउ खाँदा पाल्पा जिल्लाको एउटा गाउँका पाँच बालबालिकासहित छ जनाको मृत्यु  भएको छ । पूर्वी पाल्पास्थित निश्दीका गाउँलेहरूले गत हप्ता नजिकै रहेको जङ्गलबाट च्याउ ल्याएर खाएका थिए।

जङ्गली च्याउ खाएर अशक्त भएका छ जनाको उपचारको क्रममा विभिन्न अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले बताउनुभयो । च्याउ खाँदा मस्तिष्क क्षय हुने जोखिम घट्न सक्छ नेपालमा विषालु च्याउ खाएर प्रत्येक वर्ष मानिसहरूको ज्यान जाने गरेको छ। जङ्गली च्याउ खाद्य वा अखाद्य भएको छुट्याउन नसक्दा दुर्घटना हुने गरेको विज्ञहरुको भनाई छ । केही जङ्गली च्याउमा हुने विषालु पदार्थहरूले मानिसको कलेजो, मिर्गौला र मस्तिष्कमा असर पुर्‍याउने विज्ञहरू बताउँछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here