विश्व स्वास्थ्य संगठनको आपतकालीन बैठक

एजेन्सी-विश्व स्वास्थ्य संगठनले कंगोमा फैलिएको इबोलाको संक्रमण अन्त्यको पहल स्वरुप आपतकालिन बैठक डाकेको  छ । संगठनले कंगोमा सार्वजनिक स्वास्थ्य संकटकालको अवस्था रहेकाले विश्वको चासो रहनुपर्ने निष्कर्ष निकालेको छ ।

पछिल्लो प्रकोपका कारण २३ जनको मृत्यु भैसकेको छ भने ४४ मा यसको संक्रमण पुष्टि भएको छ ।  वान्दाका शहरमा फैलिएको इबोला संक्रमणकाबारे अध्ययन सुरु भएका छन् ।

कंगो नदिमा आवतजावत गर्ने लाखौं सर्वसाधारण इबोला संक्रमणको जोखिममा रहेका छन् । सन् २०१४ देखि १६ सम्म अफ्रिकामा फैलिएको इबोलाका कारण ११ हजारको मृत्यु भएको थियो । सो समय विश्व स्वास्थ्य संगठनले ढिला कारबाही सुरु गर्दा इबोलाले विकराल रुप लिएको स्वीकार गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here