विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति मन्दिर परिसरमा सवारी साधन निषेध

काठमाडाैं, ११ पुस – विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति मन्दिर परिसरमा सवारी साधन निषेध गरिएको छ । यसअघि काठमाडौंको ठमेललाई सवारी मुक्त गरेको ट्राफिक प्रहरीले आजदेखि पशुपति मन्दिर परिसरमा पनि गाडीहरु निषेध गरेको हो ।

सवारी साधनले पशुपति क्षेत्रमा अस्तव्यस्तता बढाएको तथा विश्व सम्पदा सूचीमा रहेको उक्त क्षेत्रमा प्रदुषण बढाउनुका साथै भौतिक क्षति पुर्याएको भन्दै सरकारले सवारी साधन प्रवेशमा रोक लगाएको छ । पशुपति क्षेत्र विकास समितिले सवारी साधन प्रवेशमा रोक लगाउने निर्णय गरेसँगै प्रहरीले आजदेखि नै कार्यान्वयन शुरु गरिसकेको छ ।

महानगरीय प्रहरी प्रभाव गौशालाका अनुसार मंगलवारदेखि पशुपति क्षेत्रमा कुनै पनि सवारी साधनलाई प्रवेश गर्न दिइएको छैन । यद्यपि यो निर्णय शव वाहनलाई लागू नहुने जनाइएको छ । शव वहानलाई पहिलेकै स्थानसम्म जान दिइने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here