विश्व वातावरण दिवस मनाइँदै

काठमाडौं, २२ जेठ–आज विश्व वातावरण दिवस, “प्रकृतिसँग हाम्रो सम्बन्धः रहिरहोस् अनन्त”भन्ने नाराका साथ नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाईंदैछ ।

संयुक्त राष्ट्रसंघको आव्हानमा हरेक वर्षको जुन पाँचलाई विश्व वातावरण दिवसका रुपमा मनाइदैँ आएको छ ।

सन् १९७२ मा संयुक्त राष्ट्र संघले पर्यावरण जोगाउन चेतना अभिवृद्धि गर्ने उद्देश्यले वातावरण दिवस मनाउने निर्णय गरेको थियो ।

सन् १९७३ जुन ५ देखि देखि औपचारिक रुपमा वातावरण दिवस मनाउन थालिएको हो। दिवसका अवसरमा पर्यावरण क्षेत्रमा काम गर्दै आएका संघ संस्थाले वातावरण कसरी जोगाउन सकिन्छ भन्ने बारे जानकारी गराउन बिभिन्न कार्यक्रम गर्दैछन् ।

जलवायु परिवर्तनको असर र त्यसबाट बच्ने उपाय, वनजंगल संरक्षणलगायका विषयमा सरोकारवालाहरुले अन्तरक्रिया कार्यक्रम समेत गर्दैछन् । दिवसको अवसरमा उपत्यका लगायत मुलुकका विभिन्न भागमा वृक्षरोपण समेत गरिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here