विश्व रेकट अधुरै भयो–आरोही शेरचनको

८६ वर्षीय मीनबहादुर शेरचनको शव आज काठमाडौँ ल्याइने

काठमाडौं, २४ बैशाख– सगरमाथा आधार शिविरमाा हिजो निधन भएका ८६ वर्षीय मीनबहादुर शेरचनको शव आज काठमाडौँ ल्याइने भएको छ ।


सबैभन्दा बढी उमेरमा सगरमाथा आरोहण गरी विश्व रेकर्ड कायम गराउन सगरमाथा आधार शिविर पुग्नुभएका शेरचनको हिजो साँझ ५ बजेर १४ मिनेटमा क्याम्पमै निधन भएको थियो ।
उहाँको हृदयघातका कारण मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । म्याग्दी घर भएका शेरचन समिट नेपाल ट्रेकिङ एजेन्सीमार्फत सगरमाथा आरोहणका लागि यही वैशाख ३ गते आइतबार सात सदस्य टोलीसहित काठमाडौँबाट हिँड्नुभएको थियो ।

उहाँले सन् २००८ मा ७६ वर्षको उमेरमा ३४० दिन लगाएर सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गर्नुभएको थियो ।


विश्व शान्ति र पृथ्वी आमाको रक्षाका लागि अभियान चलाउने बताउँदै आउनुभएका शेरचनको सन् २०१३ र २०१५ मा सगरमाथा आरोहण योजना असफल भएको थियो ।

यो वर्ष भने अभियान सफल बनाउने भन्दै काठमाडाँैबाट हेलिकप्टरमार्फत तेन्जिङ हिलारी विमानस्थल लुक्ला हुँदै आधारशिविर पुग्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here