विश्व रंगमञ्च दिवस मनाइँदै

काठमाडौं, १४ चैत– आज विश्व रंगमञ्च दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । समाजका विकृति विसंगतिलाई हटाउन नाटकमार्फत उत्प्रेरणा जगाउने उद्देश्यले हरेक वर्ष यो दिवस मनाउने गरिएको छ ।

पछिल्लो समय नेपालमा पछिल्लो रंगमञ्चप्रतिको आकर्षण बढ्दै गएको पाइएको छ ।
सन् १९६१ मा अन्तराष्ट्रिय रंगमञ्च इन्सिच्यूटले यो दिवसको अवधारणा ल्याएपछि हरेक वर्षको मार्च २७ तारिखमा विश्व रंगमञ्च दिवस मनाउन थालिएको हो ।
सन् १९६२ मा पहिलो विश्व रंगमञ्च दिवसको सन्देश फ्रान्सका प्रसिद्ध नाटककार जेन ककटेउले लेखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here