काठमाडौं,५ मंसिर– आज २१ नोभेम्बर विश्व टेलिभिजन दिवस, नेपालमा पनि विविध कार्यक्रम गरी मनाइदै छ । सन १८८८ अक्टूबर १३ का दिन हेलन्सवर्गमा जन्मिएका जन लागी बयर्डले १९२५ मा लण्डनमा टेलिभिजनको आविष्कार गरेका थिए ।
नेपालमा भने २०४१ सालमा नेपाल टेलिभिजनको स्थापना भएपछी टेलिभिजनको सुरुवात भएको हो । श्यामश्वेत टिभी, च्यानल हेर्न बटार्नुपर्ने गोलो घुम्ने बटन, भएका टेलिभिजन सेटहरुको साटो अहिले विस्तारै रंगिन टेलिभिजन सेटहरुले प्रतिस्थापन गरेका छन ।
टिभीले हामीलाई प्रजातान्त्रिक अभ्यास, स्वतन्त्रता अभिब्यक्त गर्न, सांस्कृतीक विभिदताको पाठहरु सिकाउँदै हाम्रो बैठक कोठा बाहिरको अपार संसारसम्म हामीलाई पुर्याएको छ ।
सन १९९६ वाट नोभेम्वर २१ लाई संयुक्त राष्ट्रसंघले विश्व टेलिभिजन दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।

