विश्वमा ७० लाख मानिसको मृत्यु सुर्तीजन्य पदार्थबाट

काठमाडौं,५ पुस– स्वास्थ्य सेवा विभागका महानिर्देशक डाक्टर राजेन्द्र पन्तले सुर्तीजन्य पदार्थ प्रयोग घटाउन बेलैमा सचेतना अपनाउनुपर्ने बताउनुभएको छ । उहाँले नेपालमा नसर्ने रोग बढाउन सुर्तीजन्य पदार्थले बढवा दिईरहेको भन्दै ३२ अर्ब रुपैयाँ सुुर्तिजन्य पदार्थको व्यवस्थापनमा खर्च हुने अनुमान गरिएको बताउनुभयो ।

राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, दी युनियन एसिया प्यासिफिक,एक्सन नेपाल र क्यान्सर सोसाईटीले बुधबार सयुक्त आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । कार्यक्रममा बोल्ने अधिकाँसले सुर्तीजन्य पदार्थको प्रयोग कम गर्न करमा बृद्धि गर्नुपर्ने सरोकारवालाहरुले सुझाव दिएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर श्रीकृष्ण गिरीले पछिल्लो समय सुर्तीजन्य पदार्थ प्रयोग गर्ने बालबालिकाको संख्या बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले सुर्तीजन्य पदार्थको प्रयोग कमगर्न सके ११ प्रतिशत मृत्यदर घटाउन सक्ने उल्लेख गर्नुभयो ।

सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका २०६८ लाई संशोधन गरी २०७१ कात्तिक १३ देखि सूर्तीजन्य पदार्थको प्याके,बट्टा पेटी तथा प्याकेजिङमा चेतावनी मुलक सन्देश छाप्नु पर्ने निर्देशिका तयार गरेको थियो ।

विश्वमा ७० लाख मानिसको मृत्यु सुर्तीजन्य पदार्थबाट नै हुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपालमा वर्षेनी ६० प्रतिशत मानिसको नसर्ने रोगबाट मृत्यु हुने गरेको तथ्य छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here