विश्वपकः भारत र वेस्ट इण्डिज भिड्दै

एजेन्सी । एकदिवसीय विश्वकपमा भारतले आज वेस्ट इण्डिजसँग प्रतिस्पर्धा गर्ने भएको छ । ५ खेलमा ४ जित हासिल गरिसकेको भारतका लागि अर्को एक खेल जिते सेमिफाइनल यात्रा पक्का हुने छ । भारत विश्वकपको उपाधी दावेदार मानिन्छ ।

न्यूजिल्याण्डसँग अप्रत्यासित रुपमा ५ रनको हार ब्यहोरेपछिको पहिलो खेलमा वेस्ट इण्डिजले भारतसँग खेल्दैछ । ६ खेलबाट ३ अंक जोडेको क्यारेवियन टोलीका लागि सेमिफाइनल आशा जीवित राख्न बाँकी तीनै खेल जितेर पुग्दैन, अरु टोलीको नतिजामा पनि भर पर्नुपर्छ । प्रतियोगितामा अपेक्षाकृत प्रदर्शन गर्न नसकेका हार्ड हिटर आन्द्रे रसेल घुँडाको चोटका कारण प्रतियोगिताबाट बाहिरिइसकेका छन् ।

उच्च लयमा रहेको भारतीय टोलीबिरुद्धको खेलमा रसेलको अनुस्थिति पनि वेस्ट इण्डिजका लागि महंगो पर्न सक्छ । भारतका बलरले पुनः एकपल्ट म्याच विनिङ क्षमताको प्रदर्शन गर्ने अपेक्षा गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here