विश्वका ८२ करोड मानिसले भोक मेटिने गरी खान पाउँदैनन्ः राष्ट्र संघ

एजेन्सी ।  विश्वमा भोकमरीको समस्या बढ्दै गएको संयुक्त राष्ट्रसंघको तथ्यांकले देखाएको छ । सन् २०१८ को तथ्यांक अनुसार विश्वमा ८२ करोड भन्दा बढी मानिस भोकमरीको चपेटामा परेको संयुक्त राष्ट्रसंघीय प्रतिवेदनमा उल्लेख छ ।
दशकौँदेखि भोकमरीको चपेटामा पर्नेहरुको संख्यामा लगातार कमी हुँदै आएकोमा पछिल्लो तीन वर्षयता बढ्न थालेको   हो ।

अमेरिकाको न्युयोर्क स्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा सार्वजनिक भएको ‘द स्टेट अफ फुड सेक्युरिटी एण्ड न्युट्रिसन इन द वर्ल्ड २०१९’ अनुसार पछिल्लो तीन वर्षमा भोकमरीको औषत दरमा खासै परिवर्तन आएको छैन । हाल विश्वमा भोकमरीको दर ११ प्रतिशत भन्दा केही तल रहेको छ ।

संयुक्त राष्ट्रसंघ अन्तर्गतको खाद्य तथा कृषि संगठन (एफएओ), संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ), विश्व स्वास्थ्य संगठन (डब्लुएचओ), कृषि क्षेत्रको विकासका लागि अन्तर्रा्ष्ट्रिय कोष र विश्व खाद्य कार्यक्रमले संयुक्त रुपमा प्रतिवेदन तयार पारेका हुन् ।

सबैभन्दा बढी अफ्रिकी क्षेत्रमा भोकमरीको समस्या छ । अफ्रिकी क्षेत्रमा भोकमरीको औषत दर २० प्रतिशतले वृद्धि भएको छ । यस्तै ल्याटिन अमेरिका र क्यारबियन क्षेत्रमा भोकमरीको दर सात प्रतिशत भन्दा कम रहेको छ । दक्षिण एसियाका ११ प्रतिशत मानिस कुपोषणका चपेटामा देखिएका छन् ।

पछिल्लो पाँच वर्षमा दक्षिण एसियामा राम्रो प्रगति देखिएको भए पनि अझै पनि १५ प्रतिशत मानिस कुपोषणको समस्यामा छन् । भोकमरी बढे जस्तै मोटोपनको समस्या पनि बढ्दै गएको देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । मोटोपनका कारण हुने समस्याले गर्दा विश्वमा हरेक वर्ष ४० लाख मानिसको ज्यान जाने गरेको प्रतिवेदनमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here