काठमाडौं,८ असार । रुसमा जारी विश्वकप फुटबलमा आज तीन खेल हुनेछन् । नेपाली समय अनुसार बेलका पौने ६ बजे पहिलो खेलमा कोस्टारिकाले ब्राजिलको सामनागर्नेछ । विश्वकपको पहिलो खेलमा निराशाजनक प्रर्दशन गरेका ब्राजिलका नेयमार शुक्रबार हुने कोस्टारिका विरुद्धको खेलमा उत्कृष्ट प्रर्दशन गर्न कडा मेहनतमा छन् । त्यस्तै आज हुने दोस्रो खेल नाइजेरिया र आइसल्याण्डबीच हुनेछ । नेपाली समय अनुसार खेल वेलुकी पौने ९ बजे सुरु हुनेछ । आजै राति पौने १२ बजे सर्विया र स्वीटजरल्याण्डबीच तेस्रो खेल हुनेछ ।

