विश्वकप फुटबलको पहिलो खेलमा रसियाद्धारा साउदी अरिबिया ५ गोलले पराजित (फोटो सहित)

एजेन्सीः३१ जेठः विश्वकप फुटबलको २१ औं संस्करण अन्तरगतको पहिलो खेलमा रसियाले साउदी अरिबियालाई ५ गोलले पराजित गरेको छ ।

नेपाली समय अनुसार साँझ ८ः४५ बजेदेखि सुरुभएको खेलमा साउदी अरेबियालाई सुरुदेखि दवावमा राखेको रसियाले ५ गोलको फराकिलो जीत निकालेको हो ।

भोली असार १ गते ३ वटा खेल हुने छन् त्यसमा बेलुका ५ः४५ मा इजिप्ट र उरुग्वे, ८ः४५ मा मोरक्को र इरान तथा राति ११ः४५मा पोचुगल र स्पेन भिड्ने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here